aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

एभरेष्ट इन्स्योरेन्सको साधारण सभा सम्पन्न, हिमालयन जनरल इन्स्योरेन्ससंग मर्ज गर्ने प्रस्ताव पारित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०२ असार २०७९
एभरेष्ट इन्स्योरेन्सको साधारण सभा सम्पन्न, हिमालयन जनरल इन्स्योरेन्ससंग मर्ज गर्ने प्रस्ताव पारित

काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ । कम्पनीको साधारण सभा बिहिबार अग्रवाल भवन, कमलपोखरी सम्पन्न भएको हो । 

उक्त सभाले एभरेष्ट इन्स्योरेन्स कम्पनी र हिमालयन जनरल इन्स्योरेन्स कम्पनीबिच एक आपसमा गाभ्ने गाभिने विशेष प्रस्ताव सर्वसम्मत पारित गरेको छ । साथै सम्पत्ति दायित्व मुल्याङ्कनकर्ताको नियुक्ति तथा निजको पारिश्रमिक, शेयर आदान प्रदान अनुपात, मर्जर पछि बन्ने संस्थाको संचालक समिति तथा सेयर आदान प्रदान अनुपात लगायतका सम्पूर्ण विशेष प्रस्तावहरु सर्वसम्मत पारित गरिएको छ । 

सभाले मर्जर पछि बन्ने संस्थाको नाम “हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड” रहने प्रस्ताव समेत सर्वसम्मत पारित गरेको छ ।  
 

प्रतिक्रिया दिनुहोस