aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

कोका–कोलाको जिग्री प्याक सार्वजनिक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २४ साउन २०७६
कोका–कोलाको जिग्री प्याक सार्वजनिक

काठमाडौं । कोका–कोलाले आफ्ना ग्राहकहरुको नयाँ प्याक सार्वजनिक गरेको छ ।  उपभोक्ता मैत्री प्याक भएकाले कोका–कोलाले यसलाई जिग्री प्याक भनेको छ  । यो नयाँ प्याक २५० एमएलको छ ।  

यो नयाँ प्याक हलुका तथा बोक्नलाई सहज हुने कम्पनीको दाबी छ । यो प्याकमा प्याकेजिङ उद्योगकै सबैभन्दा नवीनतम प्रविधिको प्रयोग गरिएको छ । बोटलर्स नेपाल लिमिटेडले स्टेट अफ आर्ट प्रविधिमा लगानी गरे पश्चात नेपाल विश्वभरमै यस क्षमता हुने तेस्रो देश भएको छ । जिग्री प्याक वातावरण मैत्री पनि छ । यो अल्ट्रा लाइट बोतल पीईटी बोतलजस्तै यो रिसाइकल पनि हुन्छ ।

कम्उपनीले जारी गरेको बिज्ञप्ति अनुसार  उपभोक्ताहरुले अब आफुलाई मनपर्ने कोका–कोला, स्प्राईट तथा फान्टाको नयाँ जिग्री प्याक देशैभर खरिद गरेर आनन्द उठाउँन सक्नेछन् ।

कम्पनीले आफ्नो नवीनतम क्याम्पेन पनि सार्वजनिक गरेको छ, जसलाई नेपालका निकै प्रतिभाशाली टोलीले यसको अवधारणा बनाएर अभिनय र निर्देशन गरेका छन् । युवा स्टारकास्टले आफ्नो मनपर्ने पेय पदार्थ नयाँ जिग्री प्याकसँग मज्जा उठाइरहेको यस क्याम्पनेमा प्रदर्शन गरिएको छ । 

काठमाडौँमा आयोजित जिग्री प्याक सार्वजनिक कार्यक्रममा कोका–कोलाका कन्ट्री डाइरेक्टर अम्बुज सिंह भने, “हामी ग्राहकहरुका लागि कोका–कोला, स्प्राईट र फान्टाको उपयुक्त प्याक ल्याउन पाउँदा अत्यन्तै खुसी छौँ ।" जिग्री प्याकले नवीनतम प्रविधि मार्फत एकसाथ ग्लास बोतल र पीईटी बोतलको लाभ एउटै प्याकमा प्रदान गर्ने उनले दाबी गरे । 

बोटलर्स नेपाल लिमिटेडका म्यानेजिङ डिरेक्टर प्रदीप पाण्डेले बोटलर्स नेपाल (तराई) लिमिटेड नेपालमा स्टेट–अफ–आर्ट प्रोडक्ट लाइनमा लगानी गर्न पाउँदा निकै आफुलाई खुशी लागेको बताउँदै  नवीनतम प्रविधिमार्फत वातावरणमैत्री बन्न पाएकोमा खुशी व्यक्त गरे ।  

प्रतिक्रिया दिनुहोस