aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

मस्र्याङ्दीमा विद्युत् उत्पादन वृद्वि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०३ असार २०७९
मस्र्याङ्दीमा विद्युत् उत्पादन वृद्वि

काठमाडौं । अविरल वर्षापछि तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित मस्र्याङ्दी जलविद्युत् केन्द्रको विद्युत् उत्पादनमा वृद्धि भएको छ । नदीमा पानीको बहाब बढेसँगै केन्द्रबाट ६९ मेगावाट विद्युत् उत्पादन भएको हो ।

सुक्खायाममा पानी कम हुँदा विद्युत् उत्पादन घटेर ४० मेगावाटको हाराहारीमा पुग्ने गरेको थियो । हाल पूर्ण क्षमतामा विद्युत् उत्पादन भएको केन्द्रका प्रमुख बद्री फुँयालले जानकारी दिए । केन्द्रका तीन युनिटबाट २३–२३ मेगावाटका दरले  विद्युत् उत्पादन भइरहेको छ । तापक्रम बढ्दै जाँदा हिँउ धेरै पग्लिने र वर्षा धेरै हुँदा यसका सहायक नदी र खोलामा पानीको बहाब बढेसँगै विद्युत् उत्पादन बढेको हो ।  

उक्त केन्द्रबाट उत्पादित विद्युत् चितवनको भरतपुरबाट काठमाडौँको स्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।  

प्रतिक्रिया दिनुहोस