
काठमाडौं । काठमाडौँको तारकेश्वर नगरपालिकामा विद्युत् लाइन भूमिगत गर्न नेपाल विद्युत् प्राधिकरणसँग माग गरिएको छ ।तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनले बिहीबार नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई भेटेर तारकेश्वरलाई सुन्दर, व्यवस्थित र सफा नगर बनाउनका लागि विद्युत् तथा टेलिफोनको लाइनलाई व्यवस्थित गर्न आग्रह गरेका हुन् ।
बढ्दो सहरीकरण र जनसङ्ख्याका कारण बिजुली र टेलिफोनका तार भूमिगत गर्न आवश्यक रहेको प्रमुख महर्जनले बताए ।काठमाडौँको उत्तर–पश्चिममा रहेको तारकेश्वर नगरपालिकाको पहिलो चरणमा मुख्य सडक, दोस्रो चरणमा सहायक सडकमा सिसी क्यामेरा जडान, सडकबत्ती जडान, बाटो किनारमा वृक्षरोपण गर्नेलगायत योजना रहेको जानकारी गराउँदै उहाँले आवश्यक समन्वय र सहयोगका लागि प्राधिकरणसँग आग्रह गरेका छन् ।
प्रतिक्रिया दिनुहोस