aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

‘नाडा अटो शो’को स्टल रजिष्ट्रेसन दुई दिनमै सकियो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०३ असार २०७९
‘नाडा अटो शो’को स्टल रजिष्ट्रेसन दुई दिनमै सकियो

काठमाडौं । चार दिनका लागि खुल्ला गरिएको ‘नाडा अटो शो–२०२२’ को स्टल रजिष्ट्रेसन दुई दिनमै सकिएको छ । कोभिड–१९ को संक्रमणका कारण दुई वर्ष रोकिएर आगामी भदौमा हुन लागेको नाडा अटो शोमा अटोमोवाइलसँग सम्बद्ध कम्पनीको आकर्षणका कारण चार दिनका लागि खोलिएको रजिष्ट्रेसन दुई दिनमै सकिएको हो । 

अटोमोवाइल्स एशोसिएसन अफ नेपालले यो वर्षको नाडा अटो शो आगामी भदौ ७ देखि १२ गतेसम्म आयोजना गर्दैछ । त्यसका लागि स्टल बुकिङको रजिष्ट्रेसन खुल्ला गरिएको थियो । 

बिहीबार  असार २ गते स्टलका लागि आवेदन दिएका कम्पनीहरुमाझ गोलप्रथा गरिएको थियो । सोही आधारमा कम्पनीहरुलाई स्टलको छनौट र बाँडफाँड गरिएको नाडाले जानकारी दिएको छ । 

विगतका संस्करणहरुभन्दा पृथक यस वर्ष कमर्शियल भेहिकलहरुको सहभागिता रहनुका साथै विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्ने उद्देश्यले छुट्टै दुई पाँग्रे इलेक्ट्रिक पेभिलियन समेत राखिएको छ ।

प्रतिक्रिया दिनुहोस