aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

चार सिमेन्ट उद्योगलाई कारवाही

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २५ साउन २०७६
चार सिमेन्ट उद्योगलाई कारवाही

काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले नेपाल गुणस्तरबमोजिम सिमेन्ट उत्पादन नगर्ने चार उद्योगलाई कारवाही गरेको छ । विभागको शुक्रबार बसेको बैठकले नेपाल अल्ट्राटेक सिमेन्ट उद्योग मोरङ, जानकी सिमेन्ट उद्योग प्रालि सुनसरी, चितवन सिमेन्ट उद्योग प्रालि नवलपरासी र नेपाल अम्बुजा सिमेन्ट उद्योग प्रालि भैरहवालाई कारवाही गरेको हो । 

विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले चारवटै सिमेन्ट उद्योगले उत्पादन गर्ने सिमेन्ट नेपाल गुणस्तरअनुरुप नरहेकाले कारवाही गरेको जानकारी दिए । कारवाही गरिएकामध्ये नेपाल अल्ट्राटेक सिमेन्ट बिक्री वितरण रोक र स्पष्टीकरण माग गरिएको, चितवन सिमेन्टको इजाजतपत्र रद्द, नेपाल अम्बुजा सिमेन्टको इजाजतपत्र स्थगन र जानकी सिमेन्टको बिक्री वितरण रोक र स्पष्टीकरण माग गरिएको विभागले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस