aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

यसरी हेर्नुहोस्, बिन्ध्यबासिनी हाइड्रोपावरको आईपीओको रिजल्ट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०३ असार २०७९
यसरी हेर्नुहोस्, बिन्ध्यबासिनी हाइड्रोपावरको आईपीओको रिजल्ट

काठमाडौं । बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आईपीओ शुक्रवार अर्थात असार ३ गते  बाँडफाँट भएको छ । विक्री प्रबन्धक सानिमा क्यापिटलले आफ्नै कार्यालय नक्साल, बाँडफाँट भएको हो ।

गोलाप्रथाद्धारा १ लाख ३६ हजार ५ सय जनाले १० कित्ताका दरले शेयर पाएका छन् । यस आईपीओमा कुल १७ लाख ९१ ह्जार ८९५ जनाले आवेदन दिएका थिए । जसमध्ये २ हजार ८४ जनाको आवेदन रद्ध भएको थियो । 

कम्पनीले जेठ २० गतेदेखि जेठ २५ गतेसम्म प्रतिशेयर रू. १०० अंकित मूल्यका १५ लाख कित्ता आईपीओ निष्कासन गरेको थियो  । कुल कित्ता शेयरमध्ये ४ प्रतिशत अर्थात ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात ७५ हजार कित्ता शेयर सामूहिक लगानी कोषमा बाँडफाँट गरी बाँकी १३ लाख ६५ हजार कित्ता शेयर भने कम्पनीले सर्वसाधारणमा निष्कासन गरेको हो । लगानीकर्ताले विक्री प्रबन्ध्क सानिमा क्यापिटलको वेबसाइट र मेरो शेयरबाट आईपीओ रिजल्ट हेर्न सक्नेछन् ।   

साथै सिडीएस क्लियरिङले आईपीओ हेर्न बनाएको वेबसाइट iporesult.cdsc.com.np बाट पनि हेर्न सक्नेछन् । नतिजा हेर्नको लागि केही समय प्रतिक्षा गर्नुपर्ने हुन्छ ।  

प्रतिक्रिया दिनुहोस