
काठमाडौं । विद्युतीय सवारी साधन खरिदकर्तालाई राहत भएको छ । सरकारले विद्युतीय सवारीमा बढाएको कर तत्कालका लागि लागू नगर्न सरकारका नाममा सर्वोच्च अदालतले परमादेश जारी गरेको छ। शुक्रबार न्यायाधीश सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासले यस्तो परमादेश जारी गरेको हो।
प्रदूषण त्यसले पारेको प्रभावको विषयलाई ध्यान दिनुपर्ने र आवश्यक उपायहरु अपनाएर यसलाई कम गर्नुपर्ने माग गर्दै विद्युतीय सवारीको प्रयोगका लागि आवश्यक वातावरण सिर्जना गर्नुपर्ने माग गर्दै दायर गरेको रिटको सुनुवाइ गर्दै यस्तो परमादेश जारी गरेको छ ।
फैसलामा नेपालमा जलविद्युतको सम्भावना भएकाले विद्युतीय गाडीमा कर नबढाई राष्ट्रिय हितअनुकुल स्रोत साधनको संरक्षण, सम्बर्द्धन र वातावरण अनुकूल दिगो रुपमा उपयोग गनुपर्ने सर्वोच्चले जारी गरेको परमादेशमा उल्लेख छ।
प्रतिक्रिया दिनुहोस