aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

धादिङको धार्केमा कृषक र रासायनिक मल बोक्ने ट्रक चालकबीच झडप

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०४ असार २०७९
धादिङको धार्केमा कृषक र रासायनिक मल बोक्ने ट्रक चालकबीच झडप

धादिङ । धादिङको धार्केमा कृषक र रासायनिक मल ढुवानीकर्ताबीचमा झडप भएको छ । रासायनिक मल  बोकेर काठमाडौंतर्फ आउँदै गरेको दुई वटा ट्रकबाट किसानले  मल खोस्ने क्रममा झडप भएको प्रहरीले जनाएको छ ।  मल बोकेको ट्रकलाई राजमार्गछेउमा रोकेर कृषकहरुले मल खोस्ने क्रममा झडप भएको छ । 

शनिबार दिउँसो मल बोकेको ट्रक काठमाडौंतर्फ जाँदै गरेको सूचना पाएपछि धार्केमा राजमार्गमा ४र५ सय किसान भेला भएका थिए । मल बोकेको ट्रक आइपुग्नेवित्तिकै कृषकले ट्रक रोकेर मल झिकेर लगेका हुन् । त्यस क्रममा सशस्त्र प्रहरीले कृषकमाथि कुटपिट गरेको थियो ।

सामाजिक सञ्जालमा सार्वजनिक एक भिडियोमा सशस्त्र प्रहरी कर्मचारीले ट्रकबाट मल झिक्दै गरेको अवस्थामा एक महिलामाथि बन्दुकको कुन्दाले कुट्दै गरेको भिडियो भाइरल भइ्एको छ ।  

प्रतिक्रिया दिनुहोस