aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

एशियन लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर विक्रीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०५ असार २०७९
एशियन लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर विक्रीमा

काठमाडौं  । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले १२ हजार ५ सय कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले आइतवार सूचना जारी गर्दै संस्थापक शेयर विक्री गर्ने जानकारी दिएको हो । 

उक्त संस्थापक शेयर खरीद गर्न इच्छुक हाल कायम कम्पनीका संस्थापक शेयरधनीहरुलाईनै प्रथामिकता दिनुपर्ने भएकाले इच्छुक संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको मितीले ३५ दिनभित्र आवश्यक कागजातसहित कम्पनीको केन्द्रिय कार्यालय मैतिदेवीमा निवेदन दिन सक्नेछन् ।  

सो अवधिमा संस्थापक शेयरधनीको निवेदन नआएमा प्रचलित कानून बमोजिम अन्य व्यक्तिलाई विक्री गर्ने प्रक्रिया अगाडि बढाउने पनि बैंकले बताएको छ ।
 

प्रतिक्रिया दिनुहोस