aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०५ असार २०७९
पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको छ । आइतबार बसेको नेपाल आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गर्ने निर्णय गरेको हो ।   

निगमले आज राती १२ बजेदेखि लागु हुनेगरी पेट्रोलमा २१ रुपैयाँ, डिजेल र मट्टितेलमा २७ रुपैयाँ, आन्तरिक हवाइ इन्धनमा १९ रुपैयाँ र बाह्य हवाइ इन्धनमा प्रति किलोलिटर १०० डलरले वृद्धि गरेको जनाएको छ । 

अब पेट्रोल प्रतिलिटर १९९ रुपैयाँ पर्नेछ भने डिजेल र मट्टितेल प्रतिलिटर १९२ रुपैयाँ पर्नेछ । त्यस्तै, आन्तरिक हवाइ इन्धन प्रतिलिटर १८५ रुपैयाँ पुर्याइएको छ भने खाना पकाउने ग्याँसको मूल्य यथावत राखिएको निगमले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस