aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

रिलायन्स लाइफको ‘मेरो सुनिश्चित प्रतिफल बीमा योजना’ सार्वजनिक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०६ असार २०७९
रिलायन्स लाइफको ‘मेरो सुनिश्चित प्रतिफल बीमा योजना’ सार्वजनिक

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले ग्यारेन्टेड रिटर्न सहितको बीमालेख योजना ‘मेरो सुनिश्चित प्रतिफल बीमा योजना’ सार्वजनिक गरेको छ । सोमबार एक कार्यक्रमको आयोजना गरेर कम्पनीले यो बीमा योजना सार्वजनिक गरेको हो । 

कम्पनीका प्रमुख कार्यकारी अधिकृत राकेश पोखरेलले ‘मेरो सुनिश्चित प्रतिफल बीमा योजना’ अन्तर्गत बीमितले आफ्नो आवश्यकता अनुसार बीमाशुल्क भुक्तानी गर्न सक्ने जानकारी दिए । साथै सिमित समयको लागि बीमाशुल्क भुक्तानी गरि बीमालेख अवधिभर रक्षावरण पाउन सक्नेछन् । यो योजनामा अढाई गुणासम्म सुनिश्चित प्रतिफल दिने पोखरेलको भनाई छ ।  

‘रिलायन्स लाइफ इन्स्योरेन्स कमपनीको पहिलो उद्देश्य उत्कृष्ट योजना र सेवा प्रदान गर्ने हो । सोहि अनुरुप मेरो सुनिश्चित प्रतिफल बीमा योजना नेपाली जीवन बीमा बजारमा अहिलेसम्मकै गुणस्तरीय र उत्केष्ट प्रडक्ट ल्याएको छ’, उनले भने । 

यो बीमा योजनामा १६ वर्ष अवधिको बीमालेखमा आधारभुत बीमाशुल्कको २ गुणा र २० वर्षको बीमालेखको आधारभुत बीमाशुल्कको २.५ गुणा प्रतिफल ग्यारेण्टीका साथ पाइन्छ । यस बीमालेखमा अतिरिक्त सुविधाहरु लिन चाहने बीमितले अतिरिक्त शुल्क भुक्तानी गरी अतिरिक्त पुरक करा सुविधाहरु समेत लिन सक्ने व्यवस्था रहेको कम्पनीले जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस