aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

अन्धाधुन बन्यो सर्वोकृष्ट फिल्म, आयुष्मान र विक्की उत्कृष्ट नायक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २५ साउन २०७६
अन्धाधुन बन्यो सर्वोकृष्ट फिल्म, आयुष्मान र विक्की उत्कृष्ट नायक

दिल्ली । भारतीय सिनेमाको ६६ औं राष्ट्रिय फिल्म पुरस्कार घोषणा भएको छ । राजधानी दिल्लीको शास्त्री भवनमा भएको कार्यक्रममा शुक्रबार सो घोषणा भएको हो ।

सन् २०१८ को उत्कृष्ट हिन्दी सिनेमाको दर्जा आयुष्मान खुराना अभिनित चलचित्र अन्धाधुनले हात पारेको छ ।त्यसैगरी सर्वोकृष्ट फिचर फिल्मको पुरस्कार भने गुजराती फिल्म हेल्लारोले प्राप्त गरेको छ ।

अन्धाधुन सिनेमाको निर्देशन श्रीराम राघवनले गरेका छन् । यो फिल्ममा आयुष्मान खुरानालाई  राधिका आप्टे र तब्बूले साथ दिएका छन् । सर्वश्रेष्ठ अभिनेताको पुरस्कार भने दुई अभिनेतालाई बाँडिएको छ । फिल्म 'अंधाधुन'को लागि आयुष्मान खुराना र 'उड़ीः द सर्जिकल स्ट्राइक' को लागि  विक्की कौशललाई यो पुरस्कार दिएको हो । यो सालको सर्वश्रेष्ठ अभिनेत्रीको ताज भने तेलुगू फ़िल्म 'महानटी' की अभिनेत्री कीर्ति सुरेशले हत्याएकी छिन् । 

प्रतिक्रिया दिनुहोस