
एजेन्सी । दक्षिण भारतीय नायिका किर्ति सुरेशले यसपालिको नेशनल अवार्ड जितेसंगै उनको चर्चा चुलिएको छ । यी २६ बर्षिया नायिकाले महानति फिल्मको लागि यो पुरस्कार प्राप्त गरेकी हुन् ।
कीर्ति मलयालम फिल्म प्रोड्यूसर सुरेश कुमारकी र वरिष्ठ एक्ट्रेस मेनकाकी छोरी हुन् । मेनकाले तमिल सिनेमामा प्रसस्तै काम गरेकी छिन् । अहिले उनकी छोरी कृतिले बिगत केहि वर्ष देखि निक्कै राम्रो प्रदर्शन गर्दै आएकी छिन् । सन् २०१८ मात्र कृतिका ८ वटा फिल्म प्रदर्शनमा आएका थिए । ड्रामा एक्ट्रेस सावित्रीको जिन्दगीमा आधारित फिल्म महानतिबाट आखिर उनले सर्बोकृष्ट नायिकाको ताज पहिरिन ।
समाचारहरुमा जनाइए अनुसार कृति अब चांडै बलिउडमा डेब्यु गर्ने तयारीमा छिन् । उनले बोनी कपुरको आगामी प्रोजेक्टमा अजय देवगनसंग स्क्रिन शेयर गर्ने छिन् । सो फिल्म सैयद अब्दुल रहीमको बायोपिक हुने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस