aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

कम मुल्यमा सबै फिचर भएको टिभी एम्प्लिफाई प्लस ब्राण्ड नेपालमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २५ साउन २०७६
कम मुल्यमा सबै फिचर भएको टिभी एम्प्लिफाई प्लस ब्राण्ड नेपालमा

काठमाडौं। नेपालका लागि एम्प्लिफाई प्लस ब्राण्डको एक मात्र आधिकारिक वितरक ई.थ्री इलेक्ट्रोनिक्स प्रालिले नेपाली बजारमा एम्प्लिफाई प्लस ब्राण्डका एलइडी टेलिभिजनहरू सार्वजनिक गरेको छ ।
कम्पनीले शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमबीच एम्प्लिफाई इलेक्ट्रोनिक्स प्रालि र ई.थ्री इलेक्ट्रोनिक्स प्रालिका अधिकारीहरूको उपस्थितिमा एम्प्लिफाई प्लस ब्राण्डका एलइडी टिभीहरू नेपाली बजारमा भित्रिएको घोषणा गरेको हो । उक्त टीभीको ब्राण्ड एम्बासडर राष्ट्रिय क्रिकेट टिमका उपकप्तान ज्ञानेन्द्र मल्ल रहेका छन । 

भारतीय डिकेएम ग्रुप कम्पनीअन्तर्गतको एम्प्लिफाई इलेक्ट्रोनिक्स प्रालिद्वारा उत्पादित अन्तर्राष्ट्रिय स्तरको एम्प्लिफाई प्लस ब्राण्डका टिभीहरू एचडी एलइडी टिभी सिरिज, एचडी स्मार्ट एलइडी टिभी सिरिज, फुल एचडी एलइडी टिभी सिरिज र फोरके अल्ट्रा एचडी स्मार्ट एलइडी टिभी सिरिज नेपाली ग्राहकहरूका लागि कम्पनीले उपलब्ध गराएको छ ।

एचडी एलइडी टिभी सिरिजमा न्यूनतम २४ इन्च, ३२ इन्च र ४० इन्चका एचडी एलइडी टिभी बजारमा उपलब्ध हुनेछन्, जसको स्क्रिन रिजोल्यूशन १३६६ह७६८ पिक्सेल छ । त्यसैगरी यी सिरिजमा इनबिल्ट गेम्स, पावर अडियो भोल्यूम, वायरलेस हेडफोन कन्ट्रोल, वाईफाई र एचडीएमआई लगायतका अत्याधुनिक फिचर छन् ।

कम्पनीले एचडी स्मार्ट एलईडी टिभी सिरिजमा ३२ इन्च र ४० इन्चका टिभीहरू बजारमा ल्याएको छ । जसमा १३६६ह७६८ पिक्सेलको रिजोल्यूशन छ । यी सिरिजका टिभीमा पावर अडियो भोल्यूम, वायरलेस हेडफोन कन्ट्रोल, स्क्रिन क्याप्चर, वाईफाई, एचडिएमआई लगायतका फिचर उपलब्ध छन् ।

एम्प्लिफाई प्लस ब्राण्डमा उच्चतहका टिभीहरूका रूपमा फूल एचडी एलईडी टिभी सिरिज र फोरके अल्ट्रा एचडी स्मार्ट एलईडी टिभी पनि उपलब्ध भएको छ । जसमध्ये फूल एचडी एलईडी टिभी  ५० इन्चमा उपलब्ध हुनेछ जसको स्क्रीन रिजोल्यूशन १९२०/१०८० पिक्सेल छ । यसमा पावर अडियो भोल्यूम, वायरलेस हेडफोन कन्ट्रोल, स्क्रीन क्याप्चर, वाईफाई, एचडीएमआई लगायतका फिचर छन् ।

त्यसैगरि फोरके अल्ट्रा एचडी स्मार्ट एलईडी टिभी ५५ ईन्चमा नेपाली बजारमा उपलब्ध भएको छ । जसमा अल्ट्रा एचडी ३८४०ह२१६० पिक्सेल स्क्रीन रिजोल्यूशन रहेको छ । यो टिभीमा पनि पावर अडियो भोल्यूम,वायरलेस हेडफोन कन्ट्रोल, स्क्रीन क्याप्चर, वाईफाई, एचडीएमआई लगायतको फीचरहरु छन् ।

एन्ड्रोयडमा आधारित एचडी स्मार्ट एलइडी टिभी, फूल एचडी एलइडी टिभी सिरिज र फोरके अल्ट्रा एचडी स्मार्ट एलईडी टिभीका चार मोडलहरुमा १ जीबीको र्याम र ८ जीबीको आन्तरिक स्टोरेज रहेको छ ।

एचडी स्मार्ट एलईडी टिभी एन्ड्रोयड ५.१ अपरेटिंग सिस्टममा संचालन हुन्छ भने फूल एचडी एलईडी टिभी सिरिज र फोरके अल्ट्रा एचडी स्मार्ट एलईडी टिभी एन्ड्रोयड ७.० अपरेटिंग सिस्टममा संचालन हुन्छन् । उक्त टीभीहरुमा एम्प्लिफाई प्लस ब्राण्डका सम्पूर्ण टिभीहरुमा ३ वर्षका वारेन्टी रहेको कम्पनीले दावी गरेको छ ।

एम्प्लिफाईले नयाँ जेनेरेशनको एलईडी टिभी ल्याएको छ । यी सम्पूर्ण उत्पादनहरु कम्पनीको भारतस्थित प्लान्टमा अन्तराष्ट्रिय मापदण्डअनुसार परीक्षण गरिएका र सफल भएका छन् । न्यून उर्जा खपत गर्ने यी टिभीहरु वातावरणमैत्री भएको र  मनोरन्जनका लागि उच्चतम डिभाइसको रूपमा प्रस्तुत गरिएको कम्पनीको भनाइ छ । 

डल्बी डिजिटल साउण्ड, स्क्रीन मिररिंग प्रविधिसहितका यी टिभीहरुले प्रयोगकर्ताहरुलाई नयाँ अनुभव प्रदान गर्दछ । जसमा यूट्यूब, नेटफ्लिक्स, गूगल प्ले, हटस्टार चलाउन समेत चलाउन सकिने छ ।
सामसंगको ए प्लस ग्रेडको प्यानल प्रयोग भएका यी टिभीहरु नेपाली बजारमा सूपथ मूल्यमा उपलब्ध भएका छन् ।

प्रतिक्रिया दिनुहोस