aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

मर्जर तथा प्राप्तीको प्रस्ताव गर्दै प्रभु लाइफ इन्स्योरेन्सले बोलायो विशेष साधारण सभा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०८ असार २०७९
मर्जर तथा प्राप्तीको प्रस्ताव गर्दै प्रभु लाइफ इन्स्योरेन्सले बोलायो विशेष साधारण सभा

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले असार २३ गते विशेष साधारण सभा बोलाएको छ । कम्पनीको असार ७ गतेको सञ्चालक समितिको बैठकले आम्रपाली बैंक्वेट भाटभटेनी काठमाडौंमा बिहान ११ः४५ बजे सभा गर्ने निर्णय गरेको हो । 

बीमा कम्पनीहरूमा पूँजीवद्धिको अभियान चलिरहदाँ प्रभु लाइफ इन्स्योरेन्स पनि मर्जर तथा प्राप्ती प्रकृयामा जाने संकेत देखिएको छ । कम्पनीले मर्जर तथा प्राप्ती सम्बन्धी प्रस्ताव पारितकै लागि विशेष साधारण सभा बोलाएको हो । 

सभाले आगामी दिनमा मर्जर तथा प्राप्ती प्रकृयामा जाने भएमा सो को जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय समेत गर्नेछ । सभा प्रयोजनका लागि कम्पनीले असार १६ गते बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा असार १५ गतेसम्म कायम शेयरधनीहरू मात्र विशेष साधारण सभामा भाग लिन सक्नेछन् ।
 

प्रतिक्रिया दिनुहोस