
काठमाडौं । सरकारद्वारा सञ्चालित स्वास्थ्य बीमा कार्यक्रमले झापाको बीएण्डसी मेडिकल कलेज विर्तामोड र विराटनगरको नोवेल मेडिकल कलेजलाई १ अर्ब रुपैयाँ तिर्न बाँकी रहेको बताएका छन । बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै स्वास्थ्य बीमा बोर्डबाट प्राप्त गर्नुपर्ने उक्त रकम नपाएको भन्दै उनीहरुले तत्काल भुक्तानीको माग गरेका हुन् ।
पत्रकार सम्मेलनमा आउँदो असार २० गतेसम्म पनि उक्त रकम भुक्तानी नगरे बीमा सम्बन्धी स्वास्थ्य सेवा बन्द गर्ने चेतावनी समेत दिएका छन् । स्वास्थ्य बीमा बोर्डले बीएण्डसीलाई ४५ करोड र नोवेल मेडिकल कलेजलाई ५४ करोड ३८ लाख रूपैयाँ भुक्तानी गर्न बाँकी रहेको उनीहरुले दावी गरेका छन ।
प्रतिक्रिया दिनुहोस