
काठमाडौं । अप्पर सोलु हाइड्रोइलेक्ट्रिक कम्पनी लिमिटेडले असार २० गतेदेखि सर्वसाधारणमा आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरमा १९ करोड ५७ लाख ५० हजार रुपैयाँ बराबरको १९ लाख ५७ हजार ५०० कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो।
सर्वसाधारणमा निष्काशन हुन लागेको कुल शेयरमध्ये २ प्रतिशत अर्थात ३९ हजार १५० कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ९७ हजार ८७५ कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ । यी वाहेक बाँकी १८ लाख २० हजार ४७५ कित्ता शेयर मात्र सर्वसाधारणका लागि सार्वजनिक निष्कासनमा आउनेछ ।
यो आइपीओ खरीदकालागि छिटोमा असार २३ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिभित्र माग बमोजिम आवेदन नपरेमा भने ढिलोमा साउन २ गतेसम्म आवेदन दिन सकिने व्यवस्था छ । तर पछिल्लो समय सर्वसाधारणका लागि आईपीओ जारी हुँदा परेको आवेदको प्रबृत्ति हेर्दा कम्पनीको आईपीओ छिटो अवधिभित्रै विक्री हुने सम्भावना देखिन्छ ।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । यो आईपीओ निष्काशन तथा बिक्री प्रवन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयहरूसँगै मेरो शेयर एप र सफ्टवेयरबाट पनि आवेदन दिन सकिने व्यवस्था छ ।
कम्पनीले आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङमा इक्रा नेपालले नेपालले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा उच्च जोखिम रहेको संकेत गर्ने इक्रा नेपालले इक्राएनपी आईआर डबल बी प्लस रेटिङ्ग प्रदान गरेको छ।
प्रतिक्रिया दिनुहोस