aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

तरकारी किन्न जाँदै हुनुहुन्छ ? यस्तो छ आजको मुल्यसूची

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १० असार २०७९
तरकारी किन्न जाँदै हुनुहुन्छ ? यस्तो छ आजको मुल्यसूची

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी र फलफूलको भाउ तोकेको छ ।

आज शुक्रबार आज रातो आलु प्रतिकेजी ४६ रुपैयाँ रहेको छ । यसको अधिकतम मूल्य ४८ रुपैयाँ रहेको छ । 

मुढेँको आलुपनि ३६ रुपैयाँ प्रतिकेजी रहेको छ । सुकेको प्याज ३८ रुपैयाँ प्रतिकेजी रहेको छ भने लोकल बन्दा ६० रुपैयाँ केजी रहेको छ । 
स्थानीय काउली ५० रुपैयाँमै पाइन्छ । यी थोक मूल्य विवरण कालीमाटी तरकारी तथा फलफूल विकास समितिले दिएको हो । बाहिर खुद्रा बजारमा अझै केही फरक पर्न सक्छ । 

लाम्चो भन्टा १८, डल्लो भन्टा ३० रुपैयाँ, तने बोडी ४०, घिउसिमी ५०, राजमा ९० टाटेसिमी १८०, भटमास कोसा १५०, घिरौला ५०, चिचिण्डो २०, स्कुस ९० रुपैयाँ प्रतिकेजी रहेको छ । यस्तैगरी च्याउ कन्ये २४० रुपैयाँ प्रतिकेजी तोकेको छ भने डल्ले च्याउ ३०० रुपैयाँ रहेको छ । चुकुन्दर ७० रुपैयाँ प्रतिकेजी रहेको छ भने बन्दा रातो १२० रुपैयाँ रहेको छ । तामा १२० रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस