aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

आँखुखोला जलविद्युत कम्पनीको संयुक्त वार्षिक साधारण सभा आइतवार हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १० असार २०७९
आँखुखोला जलविद्युत कम्पनीको संयुक्त वार्षिक साधारण सभा आइतवार हुने

काठमाडौं । आँखुखोला जलविद्युत कम्पनीले दुई आवको साधारण सभा आइतवार गर्ने भएको छ । सभा अर्पण ब्यङक्वेट नयाँ बानेश्वर थापागाउँमा विहान ११ बजे शुरु हुने जानकारी दिएको हो । सभाले आव २०७६/७७ र २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ । 

त्यसैगरी आव २०७८/७९ को लेखापरिक्षण गर्नका लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै सर्वसाधारणहरुको प्रतिनिधित्व गर्ने गरी १ जना महिला र संस्थापक समूह शेयरधनीहरुको प्रतिनिधित्व गर्ने गरि ४ जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्नेछ । 
 

प्रतिक्रिया दिनुहोस