aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

ङादी ग्रुप पावरलाई १५० प्रतिशत हकप्रद शेयर निष्कासनका लागि बोर्डको अनुमति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १० असार २०७९
ङादी ग्रुप पावरलाई १५० प्रतिशत हकप्रद शेयर निष्कासनका लागि बोर्डको अनुमति

काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडले १५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड(सेबोन) बाट अनुमति पाएको छ । कम्पनीले हकप्रद शेयर निष्कासन गर्नका लागि सेबोनबाट असार ९ गते स्वीकृती पाएको हो । 

कम्पनीले हाल कायम रहेको चुक्ता पूँजी रू. ७० करोड ३९ लाख को १५० प्रतिशतले आउने प्रतिकित्ता रू. १ सय अंकित दरको १ करोड ६ लाख ३ हजार ९८६ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ ।  विक्री प्रबन्धक  सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस