aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

पेट्रोलियम पदार्थको कर ५० प्रतिशत घटाउन सरकारलाई निर्देशन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १० असार २०७९
पेट्रोलियम पदार्थको कर ५० प्रतिशत घटाउन सरकारलाई निर्देशन

काठमाडौं ।  पेट्रोलियम पदार्थको कर ५० प्रतिशत घटाउन सरकारलाई निर्देशन दिएको छ । संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले पेट्रोलिम पदार्थको मूल्यमा सरकारले अत्यधिक कर लगाएकाले उक्त कर घटाउन निर्देशन दिएको हो । प्रकाश रसाइली संयोजक रहेको उपसमितिले इन्धनका कारण आम नेपालको जीवन महगो भएको निष्कर्ष निकालेको थियो ।  छलफल पछि उपसमितिले अर्थ मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र निगमलाई लिखित निर्देशन दिदैं इन्धनको कर ५० प्रतिशत घटाउन भनेको छ । 

नेपाल सरकारले नेपाल आयल निगमसँग विभिन्न शीर्षकमा लिँदै आएको करलाई ५० प्रतिशतले घटाउन निर्देशन ुममितिले निर्देशन दिएको हो । असार ६ गते बसेको बैठकले पनि पेट्रोलियम पदार्थको चरम मूल्यवृद्धिबाट सर्वसाधारणलाई पर्न गएको असर न्यूनीकरण गर्न वैकल्पिक उपायको खोजी गर्न सरकारलाई निर्देशन दिएको थियो । 

नेपाल आयल निगमले गत असार ५ गतेमात्रै   पेट्रोलमा २१ रुपैयाँ, डिजेल र मट्टितेलमा २७ रुपैयाँ, आन्तरिक हवाइ इन्धनमा १९ रुपैयाँ र बाह्य हवाइ इन्धनमा प्रति किलोलिटर १०० डलरले वृद्धि गरेको छ ।  पेट्रोल प्रतिलिटर १९९ रुपैयाँ पर्नेछ भने डिजेल र मट्टितेल प्रतिलिटर १९२ रुपैयाँ रहेको छ । त्यस्तै, आन्तरिक हवाइ इन्धन प्रतिलिटर १८५ रुपैयाँ पुर्याइएको छ भने खाना पकाउने ग्याँसको मूल्य १८ सय रुपैयाँ प्रति सिलिन्डर छ । 

प्रतिक्रिया दिनुहोस