aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

नागरिक लगानी कोषले गर्याे लाभांश प्रस्ताव

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १२ असार २०७९
नागरिक लगानी कोषले गर्याे लाभांश प्रस्ताव

काठमाडौं । नागरिक लगानी कोषले गत आर्थिक वर्ष ०७७/७८ को लाभांश घोषणा गरेको छ । असार ११ गते शनिवार बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा ३० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ५७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । 

हाल कम्पनीको चुक्तापूँजी रू. ३ अर्ब २७ करोड रहेको छ । कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरेको यो लाभांश नेपाल सरकार, अर्थ मन्त्रालयबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् शेयरधनीले प्राप्त गर्ने छन् ।
 

प्रतिक्रिया दिनुहोस