aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

अपर हेवाखोला हाइड्रोपावरको आईपीओ स्थानियमा बाँडफाँट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १२ असार २०७९
अपर हेवाखोला हाइड्रोपावरको आईपीओ स्थानियमा बाँडफाँट

काठमाडौं । अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले आयोजना प्रभावित स्थानीयमा विक्री गरेको आईपीओ बाँडफाँट गरेको छ । कम्पनीले जेठ १० गतेदेखि २४ गतेसम्म पहिलो चरणमा आयोजना प्रभावित क्षेत्र संखुवासभा जिल्लाका स्थानीय बासिन्दाहरूका लागि ५ करोड रूपैयाँ बराबरको प्रतिकित्ता १०० रूपैयाँ अंकित दरका ५ लाख कित्ता साधारण शेयर विक्री गरेको थियो ।

सो अवधिमा रितपूर्वक आवेदन दिएका सम्पूर्ण आवेदकहरूमा सम्पूर्ण कित्ता आईपीओ असार १० गते बाँडफाँट गरिएको विक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडले जानकारी दिएको छ । पहिलो चरणमा आयोजना प्रभावित स्थानीयमा आईपीओ बाँडफाँट गरेको यस कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ जारी गर्नेछ । दोस्रो चरणमा कम्पनीका कर्मचारी सहित सर्वसाधारणमा १५ लाख कित्ता शेयर जारी गर्नेछ ।

हाल संस्थापक तर्फ ६० प्रतिशत शेयृर स्वामित्व रहेको कम्पनीले स्थानीयमा १० प्रतिशत शेयर बाँडफाँट गरेको हो भने सर्वसाधारणमा ३० प्रतिशत शेयर विक्री गर्न लागेको हो । कम्पनीले ८ दशमलव ५ मेगावाट क्षमताको अपर हेवाखोला साना जलविद्युत आयोजना निर्माण गर्न लागेको छ । यस आयोजनाको निर्माणका लागि कुल लागत  १ अर्ब ४२ करोड २८ लाख ७२ हजार रुपैयाँ लाग्ने अनुमान गरिएको छ । 

कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ १०० रुपैयाँ रहेको छ । वास्तविक प्रतिशेयर नेटवर्थदेखि त्यसको तीन गुणसम्म पहिलो शेयर कारोबारका लागि मूल्य रेञ्ज तोक्ने व्यवस्था अनुसार कम्पनीले प्रतिकित्ता १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको मूल्यरेञ्ज पाउने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस