aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

ङादी ग्रुप पावरद्वारा १५० प्रतिशत हकप्रदका लागि बुक क्लोजको मिति तय

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १२ असार २०७९
ङादी ग्रुप पावरद्वारा १५० प्रतिशत हकप्रदका लागि बुक क्लोजको मिति तय

काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडले १५० प्रतिशत हकप्रद शेयर प्रयोजनका लागि बुक क्लोजको मिति तय गरेको छ । कम्पनीले हकप्रद प्रयोजनका लागि असार २० गते एक दिन बुक क्लोज गर्ने भएको हो । बुक क्लोजको आधारमा असार १९ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको हकप्रद शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् । 

कम्पनीले १ करोड ६ लाख ३ हजार ९८६ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो । कम्पनीले हाल चुक्तापूँजी रू. ७० करोड ६९ लाखको आधारमा १५० प्रतिशतले हुन आउने प्रतिकित्ता रू. १ सय अंकित दरको  हकप्रद शेयर निष्कासन गर्न लागेको हो । हकप्रद शेयर विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस