काठमाडौं । राद्यी विद्युत कम्पनी लिमिटेडले चौथो त्रैमाससम्ममा आईपुग्दा खुद मुनाफा ५ करोड ५२ लाख रुपैयाँ कमाएको छ । जुन गत वर्षको सोहि अवधिभन्दा ३० दशमलव ११ प्रतिशतले वृद्धि गरेको छ । अघिल्लो वर्षको सोहिअवधिमा नाफा ४ करोड ९३ लाख रुपैयाँ कमाएको थियो ।
४७ करोड ३५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको छ । कम्पनीको सम्पत्ति ९६ करोड ५२ लाख रुपैयाँ रहेको छ । जसको रेभिन्यु १४ करोड ५८ लाख रुपैयाँ रहेको छ भने ग्रस नाफा १३ करोड १ लाख रुपैयाँ आर्जन गरेको छ ।
राद्यी विद्युतको प्रतिशेयर आम्दानी ११ दशमलव ६७ रुपैयाँ, मुल्य आम्दानीको अनुपात १२ दशमलव ७७ गुणा, प्रतिशेयर नेटवर्थ २०३ दशमलव ८३ रुपैयाँ, तरलता अनुपात शुन्य दशमलव ८९ प्रतिशत र प्रतिशेयर कुल सम्पत्तिको मूल्य १२१ दशमलव ९८ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया दिनुहोस