
काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ असार १३ गते बिहान बाँडफाँट हुने भएको छ । विक्री प्रबन्धक बिओके क्यापिटलको कार्यालयमा विहान ९ बजे आईपीओ बाँडफाँटको कार्यक्रम तय भएको हो ।
कम्पनीको आईपीओका लागि १७ लाख ९६ हजार ६८४ जनाको आवेदन परेको छ । यी आवेदकहरूबाट रू. २ अर्ब १ करोड ४२ लाख बराबरको २ करोड १ लाख ४२ हजार ६१० कित्ता शेयर खरीद माग भएको जानकारी क्यापिटलले दिएको छ ।
कम्पनीले रू. ६७ लाख बराबरको ६७ हजार कित्ता आईपीओ सर्वसाधारणा जारी गरेकोे हो । सर्वसाधारणमा जारी गरिएको कुल ६७ हजार कित्ता शेयरमध्ये शून्य दशमलव ५ प्रतिशत अर्थात १ हजार ३५ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३ हजार ३५० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याईएको छ ।
यी वाहेक बाँकी ६२ हजार ६१५ कित्ता शेयर मात्र सर्वसाधारणमा सार्वजनिक निष्कासन गरिएको थियो । हाल कम्पनीको चुक्तापूँजी रू. १ करोड ४० लाख रहेको छ आईपीओ बाँडफाँटपश्चात् यो पूँजी रू. २ करोड ७ लाख पुग्नेछ ।
प्रतिक्रिया दिनुहोस