aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

सूर्या लाइफ र ज्योति लाइफ इन्स्योरेन्सबीच मर्जर सम्झौता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १२ असार २०७९
सूर्या लाइफ र ज्योति लाइफ इन्स्योरेन्सबीच मर्जर सम्झौता

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्सबीच प्रारम्भिक मर्जर सम्बन्धी सम्झौता भएको छ । सूर्या लाइफ इन्स्योरेन्सको तर्फबाट अध्यक्ष केशव प्रसाद भट्टराई र ज्योति लाइफको तर्फबाट पनि अध्यक्ष नन्द किशोर शर्माले मर्जरका लागि सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।  

आइतबार होटल यक एण्ड यतिमा दुई कम्पनीबीच मर्जरमा जाने सम्झौता पत्रमा हस्ताक्षर भएको हो  । मर्जर पछि बन्ने यी दुई कम्पनीको चुक्ता पूँजी ४ अर्ब ६२ करोड रूपैयाँ पुग्ने जनाईएको छ । दुबै कम्पनीको डिडिए पश्चात मात्रै स्वाप रेसियो कायम हुने जनाईएको छ ।     

बीमा समितिले जीवन बीमा कम्पनीहरूले न्युनतम चुक्ता पूँजी ५ अर्ब रूपैयाँ पुर्याउनु पर्ने निर्देशन दिएको थियो । समितिले तोके अनुसार चुक्तापुँजी पुर्याउन नसक्ने कम्पनीहरु मर्जरमा जान समेत समितिले भनेको थियो । सोहि अनुसार बीमा कम्पनीहरु धमाधम मर्जरमा जान थालेका हुन् । 


 

प्रतिक्रिया दिनुहोस