aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

हिमाल दोलखा हाइड्रोपावरले संस्थापक शेयरधनीलाई थप शेयर खरिद गर्न बोलायो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २६ साउन २०७६
हिमाल दोलखा हाइड्रोपावरले  संस्थापक शेयरधनीलाई थप शेयर खरिद गर्न बोलायो

काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनीले संस्थापक शेयरधनी, सञ्चालक वा निजको एकाघर परिवार, कार्यकारी प्रमुख, लेखापरीक्षक, कम्पनीसचिव वा कम्पनीको व्यवस्थापन तथा लेखासम्बन्धी कार्यमा संलग्न व्यक्तिलाई शेयर बिक्री खुल्ला गरेको छ । 

कम्पनीको शेयर प्राप्त गर्न आइतबार, सोमबार र मंगलबार गरी तीन दिनभित्र आवेदन दिनुपर्नेछ । यसअघि कम्पनीले सर्वसाधारणका लागि छुट्टाएको साधारण शेयरमा पर्याप्त आवेदन नपरेका कारण संस्थापक शेयरधनीलगायतका लागि शेयर खुलाएको हो । संस्थापक शेयरधनी,  सञ्चालक वा निजको एकाघर परिवार, कार्यकारी प्रमुख, लेखापरीक्षक कम्पनी सचिव वा कम्पनीको व्यवस्थापन तथा लेखासम्बन्धी कार्यमा प्रत्यक्षरुपले संलग्न व्यक्ति रहे नरहेको यकिन गरी आवेदन संकलन गर्न कम्पनीको शेयर बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले आस्बा सदस्य बैंक तथा वित्तीय संस्थालाई आग्रह गरेको छ ।
 

प्रतिक्रिया दिनुहोस