aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

बुक विल्डिङबाट आईपीओ जारी गर्दै रिलायन्स स्पिनिङ्ग मिल्स

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १३ असार २०७९
बुक विल्डिङबाट आईपीओ जारी गर्दै रिलायन्स स्पिनिङ्ग मिल्स

काठमाडौं । रिलायन्स स्पिनिङ्ग मिल्सले बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासन गर्नका लागि प्रक्रिया अघि बढाएको छ । कम्पनीले प्रारम्भिक विवरणपत्रमा छलफल गर्न योग्य संस्थागत लगानीकर्ताहरुलाई असार २३ गते ह्यात प्लेस सोल्टीमोड काठमाडौंमा दिनको ३ः१५ बजे बोलाएको हो । 

योग्य संस्थागत लगानीकर्ताहरुले खरिद गर्न चाहेको सेयर संख्या, आशय मूल्य र विवरणपत्रमा सुझावसमेत प्राप्त गर्ने उद्देश्यले छलफलका लागि बोलाएको कम्पनीले जानकारी गराएको छ ।

धितोपत्र बोर्डबाट स्वीकृत योग्य संस्थागत लगानीकर्ता छलफलमा सहभागी हुन सक्नेछन् । छलफलका लागि अवश्यक प्रारम्भिक विवरणपत्र र कम्पनीको ३ वर्षको लेखापरीक्षण भएको वित्तीय विवरण रिलायन्स स्पिनिङ मिल्सको वेबसाइट र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको वेबसाइटबाट प्राप्त गर्न सकिने कम्पनीले जानकारी गराएको छ ।
 

प्रतिक्रिया दिनुहोस