aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

नेपाल हाइड्रो डेभलोपरको स्थगित विशेष साधारण सभा पुःन बस्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १४ असार २०७९
नेपाल हाइड्रो डेभलोपरको स्थगित विशेष साधारण सभा पुःन बस्ने

काठमाडौं । नेपाल हाइड्रो डेभलोपर लिमिटेडको असार १३ गते हुने भनिएता पनि गणपुरक संख्या नपुगी स्तगित भएको विशेष साधारणसभा पुःन हुने बस्ने  भएको छ । कम्पनीले मंगलवार एक सूचना जारी गर्दै सभा पुःन असार २९ गते बस्ने जानकारी गराएको हो ।

कम्पनीले सभा कम्पनीको रजिष्टर्ड कार्यालय, डिल्लीबजार काठमाडौंमा बिहान ११ बजे गर्ने जानकारी दिएको छ । सभाले नियमावलीको नियम २३ संशोधन गर्ने प्रस्ताव पारित गर्नेछ  । त्यसैगरी सभाले नियमावली संशोधनमा नियमनकारी निकायबाट कुनै फेरबदल वा संशोधन वा परिमार्जन गर्न सुझाव दिएमा सोही अनुरुप गर्न गराउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले असार २ गते बुक क्लोज गरिसकेको छ । यस आधारमा असार १ गतेसम्म कायम शेयरधनीलेनै साधारण सभामा भाग लिन पाउनेछन् ।
 

प्रतिक्रिया दिनुहोस