
एजेन्सी । भारतमा करारमा काम गर्ने कामदारको संख्या तीव्र गतिमा बढिरहेको छ । सन् २०२९/३० सम्म अर्थात् आगामी आठ वर्षमा उनीहरुको संख्या ३ गुणा बढेर २ करोड ३५ लाख पुग्ने अनुमान गरिएको छ । सन् २०२१/२२ मा करिब ७७ लाख मानिस देशको गिग अर्थतन्त्रमा जोडिएका थिए। यो संख्या देशको कुल श्रमशक्तिको १.५ प्रतिशत गैरकृषि काममा संलग्न श्रमिकहरूको करिब २.६ प्रतिशत हो।
त्यस्तै, कोरोना महामारी अघि २०१९–२० मा देशमा ६८ लाख मानिस गिग अर्थतन्त्रसँग जोडिएका थिए । यो संख्या देशको कुल श्रमशक्तिको १.३ प्रतिशत गैरकृषि काममा संलग्न श्रमिकहरूको करिब २.४ प्रतिशत थियो। नीति आयोगको प्रतिवेदनले आगामी ८ वर्षमा भारतमा गैर(कृषि काममा संलग्न कामदारहरूको ६.७५ गिग अर्थतन्त्रमा सामेल हुने बताएको छ।
प्रतिवेदनअनुसार खुद्रा व्यापार तथा बिक्रीमा २६.६ लाख गिग, यातायात क्षेत्रमा १३ लाख, उत्पादन क्षेत्रमा ६.२ लाख र वित्त तथा बीमा क्षेत्रमा ६.३ लाख श्रमिक संलग्न छन् । २०१९–२० मा ६६ हजार मानिस शिक्षा क्षेत्रमा आबद्ध थिए। २०२१–२२ मा उनीहरुको संख्या १ लाख नाघेको छ ।
प्रतिक्रिया दिनुहोस