aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

लुम्बिनी जनरल इन्स्योरेन्सको १० प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १४ असार २०७९
लुम्बिनी जनरल इन्स्योरेन्सको १० प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सले गत आर्थिक वर्ष ०७७÷७८ को लागि प्रस्ताव गरेको कुल १० प्रतिशत लाभांश सुरक्षित गर्ने असार १४ गते अन्तिम दिन रहेको छ । कम्पनीले हाल कायम चुक्तापूँजी रू. १ अर्ब १९ करोड ८८ लाख ९० हजारको आधारमा कुल रू. ११ करोड ९८ लाख ८९ हजार बराबरको लाभांश वितरण गर्ने तयारी गरेको हो । 

कुल लाभांश मध्य ९ दशमलव ५२ प्रतिशत बोनस शेयरका लागि रू. ११ करोड ४१ लाख ८० हजार र शून्य दशमलव ४८ प्रतिशत कर प्रयोजनका लागि रू. ५७ लाख ९ हजार बराबरको रकम वितरण गर्ने निर्णय कम्पनीले गरेको हो । 

प्रस्तावित लाभांश सहित अन्य विविध प्रस्ताव पारितका लागि कम्पनीले असार २९ गते १७औं वार्षिक साधारण सभा आव्हान गरेको छ । उक्त सभा प्रयोजनका लागि असार १५ गते एक दिन बुक कलोज गर्ने भएकाले असार १४ गतेसम्म कायम शेयरधनीहरू मात्र लाभांश प्राप्त गर्न योग्य हुने भएका हुन ।  कम्पनीले गत वर्षपनि १० प्रतिशतनै लाभांश वितरण गरेको थियो । गत वर्ष ५ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ५ प्रतिशत नगद लाभांश कम्पनीले वितरण गरेको हो । 
 

प्रतिक्रिया दिनुहोस