aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

मल्टीपर्पसको हकप्रद शेयरमा आवेदन दिने अवधि थप

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २६ साउन २०७६
मल्टीपर्पसको हकप्रद शेयरमा आवेदन दिने अवधि थप

काठमाडौं । मल्टीपर्पस फिनान्स कम्पनीको हकप्रद शेयरमा भदौ ९ गतेसम्म आवेदन दिन सकिने भएको छ । कम्पनीले साउन २६ गतेसम्म हकप्रदमा आवेदन माग गरेकोमा सो अवधिमा पूर्ण आवेदन नपरेपछि समय अवधि लम्बिएको हो । 
कम्पनीले प्रतिकित्ता रू. १ सय अंकित दरको  ३५ लाख ८५ हजार २६४ कित्ता हकप्रद जारी गरेको हो । यस हकप्रदमा असार १० गतेसम्म कायम सदस्यहरुले आवेदन दिन सक्नेछन् । हकप्रद प्रयोजनका लागि कम्पनीले असार ११ गते बुक क्लोज गरेको थियो ।
हाल कम्पनीको चुक्तापूँजी  ४ करोड १४ लाख ७३ हजार रहेको छ । हकप्रद वितरणपछि कम्पनीको चुक्तापूँजी . ४० करोड २१ लाख पुग्नेछ । गत आर्थिक वर्षमा कम्पनीले ५७ लाख ६० हजार नाफा गरेको छ 
 

प्रतिक्रिया दिनुहोस