aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

महुली लघुवित्तले एफपीओ जारी गर्ने, विक्री प्रबन्धक नियुक्तीका लागि कोटेसन आव्हान

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १५ असार २०७९
महुली लघुवित्तले एफपीओ जारी गर्ने, विक्री प्रबन्धक नियुक्तीका लागि कोटेसन आव्हान

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले ४ लाख १६ हजार १४७ कित्ता थप सार्वजनिक निष्कासन (एफपीओ) जारी गर्ने भएको छ । कम्पनीले प्रिमियममा एफपीओ जारी गर्ने तयारी गरेको हो ।

गत पुस २४ गते सम्पन्न नवौं वार्षिक साधारण सभामार्फत कम्पनीले प्रिमियममा एफपीओ शेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो । सोही निर्णयलाई कार्यान्वयनका लागि कम्पनीले विक्री प्रबन्धक नियुक्तिको प्रकृया अघि बढाउँन लागेको हो । कम्पनीले बुधवार सुचना जारी गर्दै विक्री प्रबन्धकका लागि कोटेसन माग गरेको हो ।

इच्छुक अनुभवि निष्कासन तथा विक्री प्रबन्धक मर्चेन्ट बैंकर कम्पनीले आफ्नो कम्पनीको प्रोफाइल सहित सुचना प्रकाशित भएको मितिले १५ दिनभित्र दर रेट पेश गर्न कम्पनीले आग्रह गरेको हो ।

कम्पनीले सर्वसाधारणलाई छुट्याईएको शेयरमध्ये बाँकी कित्ता शेयर एफपीओ मार्फत जारी गर्ने तयारी गरेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. २८ करोड २१ लाख ६९ हजार छ । गत आर्थिक वर्ष ०७७÷७८ को मुनाफाबाट कम्पनीले २६ प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस