
काठमाडौं । बरुण हाइड्रोपावर कम्पनीले सत प्रतिशत हकप्रद शेयर निष्कासनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनबाट स्वीकृती पाएको छ । कम्पनीले रू. १ सय अंकित दरको २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद शेयर निष्कासन गर्नका लागि असार १५ गते स्वीकृती पाएको हो ।
यो हकप्रद शेयरस विक्री प्रबन्धक आरविवि मर्चेन्ट एण्ड बैंकिङ लिमिटेड रहेको छ । हाल कम्पनीको चुक्ता पूँजी रू. २६ करोड ७९ लाख रहेको छ । सत प्रतिशत हकप्रद शेयर निष्कासन बाँडफाँट पछि पूँजी रू. ५३ करोड ५८ लाख पुग्नेछ ।
प्रतिक्रिया दिनुहोस