aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

सानिमा जनरल इन्स्योरेन्सको विशेष साधारणसभा सम्पन्न

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १५ असार २०७९
सानिमा जनरल इन्स्योरेन्सको विशेष साधारणसभा सम्पन्न

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स लिमिटेडको विशेष साधारणसभा सम्पन्न भएको छ । मंगलबार कम्पनीका अध्यक्ष खेमराज लामिछानेको अध्यक्षतामा धुम्रबराह पार्टी प्यालेस, धुम्वाराही, काठमाण्डौमा विशेष साधारण सम्पन्न गरेको हो ।

उक्त सभाले कम्पनीले भविष्यमा कुनै निर्जीवन बीमा कम्पनीसँग एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्णय गर्न तथा तत् सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्न, चल अचल सम्पत्ति र दायित्व मुल्याङ्कन गर्नको लागि मान्यता प्राप्त मुल्याङ्कनकर्ता नियुक्त गर्न, निजको पारिश्रमिक तोक्न लगायतका मर्जर सम्बन्धी सम्पूर्ण अन्य आवश्यक प्रक्रिया पूरा गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धी प्रस्ताव सर्वसम्मत रुपमा पारित गरेको छ ।

साथै अध्यक्षले सभामा उपस्थित सम्पूर्ण शेयरधनीहरु तथा कर्तव्यनिष्ठ कर्मचारीहरुलाई हार्दिक धन्यवाद प्रदान गर्दै सभाको विसजर्न गरेका छन् । 
 

प्रतिक्रिया दिनुहोस