aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

मोटरहेडले सार्वजनिक गर्यो नयाँ अफर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १५ असार २०७९
मोटरहेडले सार्वजनिक गर्यो नयाँ अफर

काठमाडौं । मोटरहेड ब्राण्डका नेपालका लागी आधिकारिक वितरक एसएलआर टेक्नो एण्ड टे«डले नयाँ अफर ल्याएको छ । आफ्नो नयाँ वर्षको अफरलाई ग्राहकमुखी बनाउँदै ‘बिग, बिगर बिगेस्ट’ नामाकरण गर्दै यही असार १३ गतेबाट थप अफरका साथ परिमार्जित गरेका हो ।  

कम्पनीले सो मितिबाट मोटरहेडका बाइक खरीद गर्ने आफ्ना ग्राहकलाई स्क्रयाच कुपन बम्परमा सहभागीको साथै २ वर्षको वार्षिक कर फ्रि हुने जनाएको छ । जसमा  स्क्रयाच गरी एक लाखसम्म छुट पाउन सकिने छ । साथै बम्परमा २ लाख ७ हजार ९ सय  नगद उपहार जित्न सकिने छ । 

त्यस्तै, पुराना बाइक एक्सचेञ्ज गरि खरीद गर्ने ग्राहकको हकमा कम्पनीले स्क्रयाच कार्ड  उपलब्ध नहुने गरी सोझै बजार मुल्याकंनमा थप २० हजार मुल्याकंन गरी २ वर्षको वार्षिक करको छुटको व्यवस्था गरेको छ । कम्पनीका अनुसार यो अफर सिमित अवधिको लागी लागू रहनेछ । 
 

प्रतिक्रिया दिनुहोस