
काठमाडौं । केहीबेरदेखि काठमाडौंमा बिजुली आउँदै जाँदै गरिरहेको छ । के कारण ले बिजुली झ्याप–झ्याप गइरहेको छ भन्ने धेरैले चासो गरेका छन् । बिजुली जानुको कारण भने काठमाडौंमा समस्या आएर होइन ।
विद्युत प्राधिकरणका अनुसार बाराको पथलैयामा रुख ढलेर बिजुलीको ट्रान्स्फर्मरमा अड्कििएको हुनाले काठमाडौंमा लोडसेडिङ भएको हो । पथलैयामा आएको समस्याका कारण पुरै सिस्टम डाउन गर्नुपरेको प्राधिकरणका प्रवक्ता सुरेश भट्राईले बताए ।
उनले आर्थिक न्युजसँग भने, ‘पथलैयामा रुख ढलेर ट्रान्स्फर्मरमा अड्कििएको छ । जसले गर्दा पुरै सिस्टम डाउन गर्नुपरेको छ । यो समस्या केही बेरमा समाधान हुन्छ ।’
प्रतिक्रिया दिनुहोस