aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

मिर्मिरे लघुवित्तले बुद्धज्योति लघुवित्तलाई प्राप्ती गर्ने बोलाए विशेष साधारण सभा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १६ असार २०७९
मिर्मिरे लघुवित्तले बुद्धज्योति लघुवित्तलाई प्राप्ती गर्ने बोलाए विशेष साधारण सभा

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले बुद्धज्योती लघवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ती गर्ने भएको छ । प्राप्ती प्रस्ताव पारितका लागि दुबै कम्पनीले असार ३१ गते विशेष साधारण सभा बोलाएका हुन । मिर्मिरे लघुवित्तले होटल सारथी धुलिखेल, काभ्रेपलाञ्चोकमा विहान ११ बजे र बुद्धज्योती लघुवित्तले केन्द्रिय कार्यालय लुम्बिनी, रुपन्देहीमा विहान ११ बजे सभा बोलाएका हुन ।

मिर्मिरे लघुवित्तले बुद्धज्योती लघुवित्तलाई प्राप्ती गरेपश्चात् पूँजी संरचना परिवर्तन बमोजिम पूँजी संरचना समायोजन गर्न एफपीओ जारी गर्ने प्रस्ताव पनि विशेष साधारण सभा मार्फत पारित गर्नेछ । दुबै कम्पनीले प्राप्ती सम्बन्धी प्रस्ताव पारित गर्दै यस प्रयोजनका लागि आवश्यक सम्पूर्ण काममको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय सभा मार्फत गराउनेछन् । 

मिर्मिरे लघुवित्त धितोपत्र दोस्रो बजारमा सूचीकृत कम्पनी हो भने बुद्धज्योती लघुवित्त सूचीकृत नभएको कम्पनी हो । मिर्मिरेले भने विशेष साधारण सभा प्रयोजनका लागि असार २४ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा असार २३ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन योग्य हुनेछन् ।
 

प्रतिक्रिया दिनुहोस