aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

लुम्बिनी विकास बैंकले बोनस सेयर दिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २६ साउन २०७६
लुम्बिनी विकास बैंकले बोनस सेयर दिने

काठमाडौं । लुम्बिनी विकास बैंकले आफ्ना सेयरधनीहरुलाई १७.०७५ बोनस सेयर दिने भएको छ । आगामी मङ्गलबार (साउन २८ गते) साधारण सभा बोलाएको बैंकले सोही सभामार्फत १७.०७५ बोनस सेयर वितरण गर्ने प्रस्ताव पेश गर्न लागेको हो । बैंकले आर्थिक वर्ष २०७४÷७५ को नाफाबाट लगानीकर्तालाई यो बोनस सेयर दिने घोषणा गरेको हो । नियामक केन्द्रीय बैंकले लुम्बिनीको बोनस सेयर स्वीकृत गरिसकेको छ ।

प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने अर्को प्रस्ताव पनि पेश गर्न लागेको बैंकले आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रतिवेदनलगायत अन्य प्रतिवेदन पारित गर्ने प्रस्ताव पनि पेश गर्ने जनाएको छ । आर्थिक वर्ष २०७५/७६ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने साधारणसभाको अर्को एजेन्डा पनि रहेको छ ।

अन्य कुनै बैंक तथा वित्तीय संस्था गाभ्न वा गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि पेश हुने छ । यसआधारमा लुम्बिनी पनि मर्ज जान वा एक्वायर गर्न तयार देखिएको छ । सभा प्रयोजनका लागि बैंकले साउन २२ गतेदेखि साउन २८ गतेसम्म बुक क्लोज गरेको छ ।

साउन २१ गतेसम्म कायम सेयधनीले मात्र बोनस पाउनेछन् । हाल यस बैंकको चुक्ता पुँजी दुई  अर्ब २० करोड ९७ लाख रुपियाँ रहेको छ । बोनस वितरणपछि चुक्ता पुँजी २ अर्ब ५८ करोड ६९ लाख रुपियाँ पुग्ने भएको छ ।
 

प्रतिक्रिया दिनुहोस