aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

सिन्धु विकास बैंकले बोलायो साधारण सभा, यो वर्ष पनि लाभांश नदिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १९ असार २०७९
सिन्धु विकास बैंकले बोलायो साधारण सभा, यो वर्ष पनि लाभांश नदिने

काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडले १२औं वार्षिक साधारण सभा साउन ६ गते गर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्ष ०७७÷७८ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण लगाएत अन्य विविध प्रस्ताव पारितका लागि भिराबल रिसोर्ट, धुलिखेल, काभ्रेपलाञ्चोकमा विहान १० बजे सभा बोलाएको हो ।

सभाले सर्वसाधारण शेयरधनीहरूको तर्फबाट प्रतिनिधित्व गर्ने तीन जना सञ्चालकहरूको निर्वाचन गर्ने कार्यक्रम सभाका लागि तय गरेको छ । साथै सञ्चालकहरूको बैठक भत्ता लगाएतका सुविधामा बृद्धि गर्ने र अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा प्राप्ती प्रकृयामा जान आवश्यक देखिएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले असार २७ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा २६ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन योग्य हुनेछन् । यस वर्ष पनि कम्पनीले लाभांश प्रस्ताव गरेको छैन् । गत वर्ष पनि लगानीकर्ताको हात खाली बनाएको कम्पनीले यस वर्ष पनि खाली बनाएको हो । यस अघि आर्थिक वर्ष ०७५÷७६ सम्म भने कम्पनीले निरन्तर लाभांश वितरण गर्दै आएको थियो । आर्थिक वर्ष ०७५÷७६ मा भने कम्पनीले ११ दलशमलव ४९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ६० प्रतिशत नगद लाभांश वितरण गरेको थियो । 
 

प्रतिक्रिया दिनुहोस