रिलायन्स लाइफ इन्स्योरेन्सले ग्यारेन्टेड रिटर्न सहितको बीमालेख योजना ‘मेरो सुनिश्चित प्रतिफल बीमा योजना’ ल्याएको छ । हामीले अनुसन्धान गर्ने क्रममा ग्राहकहरूले चाहे अनुसारको नयाँ प्राेडक्ट ल्याएका हौँ ।
इन्स्योरेन्स भन्ने बित्तिकै हामी ग्राहकलाई प्रोटेक्सन दिन चाहन्छौँ । उहाँहरूलाई केही भयो भने उहाँहरूको परिवारलाई सुरक्षा दिन आवश्यक छ । तर, यससँगै ग्राहकले बचत गरेको रकम पनि म्याचुरिटिमा राम्रो रकम लिन पाउँ भन्ने चाहन्छन् । क्लाइन्टको रूपमा मैले जुन रकम बचत गर्न दिएको छु त्यो राम्रो रिटर्न आओस् भन्ने पनि चाहन्छन् ।
साधरणतया बीमामा दुई प्रकारका योजनाहरू हुन्छन् । पार्टिसिपेटिभ र नन् पार्टिसिपटिभ । पार्टिसिपेटिभ योजनाहरूमा बोनस शेयर डिक्लेर हुन्छ । प्रत्येक वर्ष बोनस शेयर घोषणा भएको आधारमा तपाईंको खातामा बोनस शेयर आउँछ । नन् पार्टिसिपेटिभ योजनामा बोनसको कुरा हुँदैन । त्यस कारण नन् पार्टिसिपेटिभ योजनामा हामीले मेरो सुनिश्चित बीमा योजना लिएर आएका छौँ ।
जसमा कम्पनीको बोनस शेयर कति भयो कति पाउँछु । भन्ने झन्झटबाट पूर्ण रूपमा मुक्त भइनेछ । कम्पनीले कति बोनस दिन्छ । हामीले यस योजनामा तपाईंले बचत गरेको पैसाको कम्तीमा पनि दुई पटक अथवा २.५ पटक दिने ग्यारेन्टी गरेका छौँ । १६ वर्षका लागि बीमा गर्नुभयो भने ५ वर्ष मात्र तिरे पुग्छ । ५ वर्ष जति तिर्नुहुन्छ त्यसको २ पटक पाउनु हुन्छ । र २० वर्षको लागि बीमा गर्नुभयो भने ७ वर्ष तिर्नुपर्छ । सात वर्षसम्म जति तिर्नुहुन्छ । त्यसको दुई पटक पाउनुहुन्छ ।
पार्टिसिपेटिभ योजनामा कहिले पनि ग्यारेन्टेड रिटर्न दिन सकिँदैन । प्रत्येक वर्ष बोनस शेयर घोषणा हुन्छ । बोनसको आधारमा रकम दिने हुनाले नन् पार्टिसिपेटिभ योजना ल्याएका छौँ । यसका बोनसको झन्झट हुँदैन । १७ वर्ष पछि तपाईंले जम्मा गरेको रकमको डबल पाउनुहुन्छ । अथवा २.५ टाइस सम्म पाउनुहुन्छ । यसले तपाईंको सेभिङको संकेत गर्यो । रिटर्न पनि भयो र इन्स्योरेन्सको राम्रोपन भनेको दाबीको कुरामा अपरिपक्वता त छदैछ ।
अनि अर्को कुरा मैले कति प्रिमियम तिर्ने भन्ने कुरा केले निर्धारण गर्ने हो । तपाईंको बचत गर्ने क्षमता कति छ । कति खर्च गर्नुहुन्छ कति बचत गर्नुहुन्छ भन्ने कुरा तपाईँले निर्णय गर्ने कुरा हो । त्यस कारण तपाईंले वर्षमा कति रकम तिर्न चाहनुहुन्छ भन्ने कुरामा स्वतन्त्रता दिएका छौँ । ५० हजार रुपैयाँदेखि ५० लाख रुपैयाँसम्म कति राख्नुहुन्छ तपाईंले निर्णय गर्ने हो । एक वर्षमा ५ लाख रुपैयाँ जम्मा गर्छु भनेपछि ५ वर्षसम्म पाँच लाख रुपैयाँ नै हुनुपर्यो । तर, कति प्रिमियम तिर्छु भन्ने कुरा तपाईंले नै निर्णय गर्न सक्नहुन्छ । यो योजना हामीले बजारमा ल्याएका छौँ ।
मेरो सुनिश्चित प्रतिफल बीमा योजना अन्तर्गत बीमितले आफ्नो आवश्यकता अनुरूप बीमाशुल्क भुक्तानी गर्न सक्नेछन् । साथै सीमित समयको लागि बीमाशुल्क भुक्तानी गरी बीमालेख अवधिभर सुरक्षा पाउन सक्नेछन् । १६ वर्ष अवधिको लागि जम्मा भुक्तानी गरेको आधारभूत बीमाशुल्कको २ गुणा रकम ग्यारेन्टीका साथ फिर्ता गरिने परिपक्वताको सुविधा रहेको छ । त्यस्तै, २० वर्ष अवधिका लागि जम्मा भुक्तानी गरेको आधारभूत बीमाशुल्कको २.५ गुणा रकम ग्यारेन्टीका साथ फिर्ता गरिनेछ ।
बीमा अवधिमा बीमितको मृत्यु भएमा बीमितको इच्छाएको व्यक्तिलाई जम्मा भुक्तानी गरेको आधारभूत बीमाशुल्कको न्यूनतम २ गुणादेखि अधिकतम २.५ गुणासम्म रकम भुक्तानी गरिनेछ । त्यस्तै, दुर्घटना मृत्यु सुविधा, पूर्ण स्थायी अशक्तता सुविधा, बीमाशुल्क छुट सुविधा, घातक रोगहरू विरुद्धको रक्षारण सुविधा थप न्यून बीमाशुल्कमा लिन सकिने अतिरिक्त सुविधाहरू रहेको छ ।
रिलायन्स लाइफ इन्स्योरेन्स जहिले पनि इनोभेसनमा विश्वास गर्छौ । आजको दिनमा जुन मेरो सुनिश्चित बीमा योजना ल्याएका छौँ । कुनै पनि लाइफ इन्स्योरेन्स कम्पनीले यस्तो किसिमको प्रकृतिको र यस्तो विशेषता भएका योजनाहरू नेपालमा ल्याए छैनन् ।
भोलि यो योजना प्रभावकारी नहोला अरू कम्पनीहरुले पनि ल्याउन सक्लान् । यो कुरा आफ्नो ठाउँमा छ । हामीले जहिले पनि नयाँ कुराहरू ल्याऊ भन्ने कुरामा विश्वास गर्ने भएको कारण हाम्रो प्रडक्ट इस्योरेन्स टिमले धेरै मेहनत र अध्ययन गरेर ७ महिना जति काम गरेर यो योजना ल्याएका हौँ । हामीसँग १२० वटा शाखाहरू छरिएर रहेका छन् । कुनै पनि शाखामा गएर यो सेवा लिन सक्नुहुन्छ ।
र अन्त्यमा हामी इनोभेसनमा विश्वास राख्ने र डिजिटलाइजेशनको कुरा धेरै हाम्रोमा रहेको छ । डिजिटलाइजेशनमा कसरी अगाडी बढ्न सक्छौ भनेर लागि रहेका छौँ । कर्पोरेट गर्भनेन्सका कुराहरू धेरै महत्त्वपूर्ण छन् । लाइफ इन्स्योरेन्स बिजनेस भनेको छोटो समयको बिजनेस होइन । यो फोर्सिएबल फ्युचरमा हुने बिजनेस हो । म नरहुँला तर रिलायन्स बिजनेस रहन्छ । लाइफ इन्स्योरेन्स र बैंक कम्पनी भनेको ५/१० वर्ष चल्ने संस्था नभएर धेरै लामो समयसम्म चल्ने संस्था हो । तसर्थ जहिले पनि दीर्घकालीन योजनाहरू लिएर आउनुपर्छ ।
पहिलो कुरा भनेको कर्पोरेट गर्भनेन्स हो । सुशासनको कुरा धेरै महत्त्वपूर्ण कुरा हो । रिलायन्स लाइफ इन्स्योरेन्स हरेक किसिमको कर्पोरेटका साथै नीति नियमलाई फलो गरेर अघि बढिरहेका छौँ । आउने दिनहरूमा पनि हामी नम्बर वान कम्पनी बन्न चाहन्छौँ । सही तरिकाले सही काम गरेर ग्राहकहरूलाई राम्रो सेवा सुविधा दिएर अघि बढ्न चाहन्छौँ । यो यात्रामा यहाँहरूको पनि साथ रहन्छ भन्ने आशा छ । (कँडेल रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका डेपुटी सिईओ हुन्)
प्रतिक्रिया दिनुहोस