aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

शतप्रतिशत हकप्रदका लागि बरुण हाइड्रोपावरले तोक्यो बुक क्लोजको मिति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १९ असार २०७९
शतप्रतिशत हकप्रदका लागि बरुण हाइड्रोपावरले तोक्यो बुक क्लोजको मिति

काठमाडौं । बरुण हाइड्रोपावर कम्पनीले सत प्रतिशत हकप्रद शेयर निष्कासन गर्नको लागि बुक क्लोज मिती तोकेको छ । कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनको लागि साउत २ गते बुक क्लोज गर्ने जानकारी दिएको हो । 

यस बुक क्लोजको आधारमा साउन १ गते सम्म कायम शेयरधनीले सत प्रतिशत हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीले हाल कायम रहेको चुक्ता पूँजी रू. २६ करोड ७९ लाख बराबरको रू.१०० अंकित दरको २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो । 
उक्त हकप्रद शेयर निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृती पाइसकेको छ । विक्री प्रबन्धक आरविवि मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ । सत प्रतिशत हकप्रद शेयर निष्कासन बाँडफाँट पछि पूँजी रू. ५३ करोड ५८ लाख पुग्नेछ । 

प्रतिक्रिया दिनुहोस