aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

आईपीओ जारी गर्न सुपर मादी हाईड्रोपावरले दियो बोर्डमा निवेदन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २० असार २०७९
आईपीओ जारी गर्न सुपर मादी हाईड्रोपावरले दियो बोर्डमा निवेदन

काठमाडौं । सुपर मादी हाईड्रोपावर कम्पनी लिमिटेडले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले आायोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई समेत कुल रू. ३१ करोड ५० लाख बराबरको ३१ लख ५० हजार कित्ता आईपीओ निष्कासनका लागि असार १५ गते बोर्डमा निवेदन दिएको हो ।

कम्पनीको शेयर निष्काशन तथा विक्री प्रबन्धकको जिम्मेवारी सानिमा क्यापिटल लिमिटेडले पुरा गर्नेछ । कम्पनीले कास्की जिल्लाको मादी नदीको पानी उपयोग गरी ४४ मेगावाट क्षमताकोे सुपर मादी जलविद्युत आयोजना निर्माण गरिरहेको छ । 
 

प्रतिक्रिया दिनुहोस