काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले २०७९ साल आषाढ २० गते सोमबारका दिन कम्पनीको विशेष साधारण सभा सम्पन्न गरेको छ । सभाले कम्पनीको अधिकृत पुँजी ३ अरब रुपैयाँबाट बृद्धि गरी ५ अर्ब रुपैयाँ हुने गरी प्रस्ताव पारित गरेको छ ।
साधारण सभाका अध्यक्ष ताराचन्द केडियाले साधारण सभाको अध्यक्षता ग्रहण गरीे छलफलका प्रस्तावहरु प्रस्तुत गरेका थिए । कम्पनीका अन्य संचालकहरुमा भरत कुमार तोदी, जगदीश कुमार अग्रवाल, अमित कुमार बेगानी, सरिता भट्ट अधिकारी, परिक्षित खेम्का तथा बद्री प्रकाश पोखरेल रहेका छन । सो सभाले कम्पनीको अधिकृत पूँजी बृद्धि गर्ने, कम्पनीको प्रबन्धपत्रमा पूँजी बृद्धि एवंं अन्य व्यबस्थाहरु समेत समावेश गरी प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पारित गरेको छ ।
त्यस्तै, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीको प्रस्तावित संशोधनमा नियमनकारी निकायबाट कुनै सुझाव वा निर्देशन भएमा सो लाई समाविष्ट गर्नको लागि सञ्चालक समितिलाई अख्तियारी दिने दिएको छ भने पूँजी बृद्धिको गरी भविष्यमा अन्य कुनै जीवन बीमा कम्पनीसगँ एक आपसमा गाभ्ने÷गाभिने तथा प्राप्ति गर्ने प्रयोजनको लागि उपयुक्त जीवन बीमा कम्पनीको पहिचान र छनौट गर्ने प्रस्ताव समेत पास गरेको छ ।
प्रतिक्रिया दिनुहोस