aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

बजारमा तरकारी किन्न जाने तयारीमा हुनुहुन्छ ? यस्तो छ आजको भाउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २१ असार २०७९
बजारमा तरकारी किन्न जाने तयारीमा हुनुहुन्छ ? यस्तो छ आजको भाउ

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी र फलफूलको भाउ तोकेको छ ।

मंगलबार रातो आलुको मूल्य प्रतिकेजी ५४ रुपैयाँ ५० पैसा रहेको छ ।  त्यसैगरी अदुवा प्रतिकेजी ६५ रुपैयाँ रहेको छ । अनार ३७५, आँप मालदह १४० रुपैयाँ र केरा दर्जनको १४५ रुपैयाँ तोकिएको छ । 

स्थानीय काउली ५५ रुपैयाँ, कागती १७५ रुपैयाँ, कुरिलो २७५ रुपैयाँ र लोकल सानो गोलभेँडा ६५ रुपैयाँ  प्रति केजी तोकिएको छ । 

प्रतिक्रिया दिनुहोस