aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

श्वेत–गंगा हाइड्रोपावरको आईपीओ स्थानीयमा बाँडफाँट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २१ असार २०७९
श्वेत–गंगा हाइड्रोपावरको आईपीओ स्थानीयमा बाँडफाँट

काठमाडौं । श्वेत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले आयोजना प्रभावित स्थानीयमा विक्री गरेको आईपीओ बाँडफाँट गरेको छ । कम्पनीले जेठ २३ गतेदेखि असार ६ गतेसम्म आयोजना प्रभावित स्थानीयमा विक्री गरेको आईपीओ असार २० गते बाँडफाँट गरेको जानकारी दिएको हो ।  

कम्पनीले जारी पूँजी रू. १ अर्ब ५९ करोड ३० लाखको १० प्रतिशतले हुन आउने प्रतिशेयर रू. १०० अंकित मूल्यका १५ लाख ९३ हजार कित्ता साधारण शेयर स्थानीयमा बाँडफाँट गरेको हो । 

कुल कित्ता आईपीओमध्ये आयोजनाको संरचना रहेको रामेछाप जिल्लाको लिखु तामाकोशी गा.पा.को वडा नं. २, ३ र ४ तथा ओखलढुङ्गा जिल्लाको लिखु गा.पा. वडा नं. ४, ५, ६, ७, ८ र ९ का बासिन्दाका लागि ७० प्रतिशत अर्थात ११ लाख १५ हजार १०० कित्ता, आयोजनाको प्रसारण लाईन पर्ने रामेछाप जिल्लाको लिखु तामाकोशी गा.पा. को वडा नं. ५, ६ र ७ र मन्थली न.पा.को वडा नं. ११, १२ र १३ तथा रामेछाप न.पा.को वडा नं. १ र ३ का बासिन्दाका लागि ३ लाख ९८ हजार २५० कित्ता र रामेछाप जिल्लाको लिखु तामाकोशी गा.पा. को वडा नं. १ र ओखलढुङ्गा जिल्लाको लिखु गा.पा.को वडा नं. १, २ र ३ का लागि ७९ हजार ६५० कित्ता शेयर बाँडफाँट गरिएको हो । 

कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । उक्त आईपीओ बाँडफाँटमा नपरेका शेयर बापतको रकम असार २४ गते शुक्रवारदेखि फिर्ता हुने समेत विक्री प्रबन्धकको भनाई छ ।  
 

प्रतिक्रिया दिनुहोस