aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

शेयरधनीबाट पैसा उठाएर चुक्ता पुँजी पुर्याउँदै रिलायबल लाइफ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २१ असार २०७९
शेयरधनीबाट पैसा उठाएर चुक्ता पुँजी पुर्याउँदै रिलायबल लाइफ

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले संस्थापक शेयरधनीबाट पैसा उठाएर चुक्ता पुँजी पुर्याउने भएको छ । कम्पनीले संस्थापक शेयरधनीमार्फत हाल कायम चुक्ता पुँजीको शतप्रतिशत रकम उठाउने भएको हो ।  

कायम शेयरधनीले आफ्नो लगानीको शतप्रतिशत रकम जम्मा गर्नुपर्ने कम्पनीले जारी गरेको सूचनामा उल्लेख छ । हाल यस कम्पनीको चुक्ता पुँजी हाल १ अर्ब ४० करोड रुपैयाँ छ । यसको १०० प्रतिशत रकम पुनः लगानीकर्ताले थप्दा चुक्ता पुँजीको आकार २ अर्ब ८० करोड रुपैयाँ पुग्नेछ ।  

बीमा समितिले जीवन बीमा कम्पनीहरुलाई २०७९ चैतसम्म चुक्ता पुँजी ५ अर्ब पु¥याउन निर्देशन दिएको थियो । सोहि निर्देशन बमोजिम पुँजी पुर्याउन रिलायबललाई २५७ प्रतिशत अधिक पुँजीको आवश्यक पर्ने देखिएको हो ।    
 

प्रतिक्रिया दिनुहोस