
काठमाडौं । ग्लोबल आइएमई म्युचुअल फन्ड अन्तर्गतको ‘ग्लोबल आईएमई ब्यालेन्स फन्ड–१’ को इकाई बिक्री असार २२ गतेबाट खुल्ने भएको छ । यो म्युचुअल फन्डले १२ करोड इकाई बिक्रीमा ल्याउन लागेको हो ।
उक्त इकाई मध्ये योजना व्यवस्थापक कम्पनीलाई १.५ प्रतिशत हुने १८ लाख कित्ता र कोष प्रवर्द्धकका लागि १३.५० प्रतिशतले हुने १ करोड ६२ लाख कित्ता छुट्टाइएको छ । त्यसपछि बाँकी रहने १० करोड २० लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिने फण्डले जनाएको छ ।
यो म्युचुअल फन्डको योजना व्यवस्थापकमा रहेको यो फण्डको अवधि १० वर्ष रहेको यो म्युचुअल फन्ड बन्दमुखी योजना हो । इकाई बिक्री असार २२ बाट शुरु भएर छिटोमा २६ गते र ढिलोमा साउन ४ गतेसम्म खुला रहने छ ।
‘ग्लोबल आईएमई ब्यालेन्स फन्ड–१’बारे आर्थिक न्युज डटकमका विजय फुयाँलले ग्लोबल आईएमई क्यापिटलको सिईओ पारसमणी ढकालसँग कुराकानी गरेका छन् । कुराकानीका क्रममा सिईओ ढकालले अहिलेको बजारलाई हेरेर सुहाउने खालको यो स्किम ल्याएको बताए ।
‘शेयर बजारमा अहिले भइरहेको उतार चढावलाई ध्यानमा राख्दै ‘ग्लोबल आईएमई ब्यालेन्स फन्ड–१’ ल्याएका छौँ । बजारमा अहिले भइरहेको तलमाथिलाई मनन गरेर ब्यालेन्स गरेर ब्यालेन्स फण्ड जुनमा इक्युटी र फिक्स इनकम स्टुमेन्टमा चाही बराबर जस्तै लगानी गरेर जान्छौँ । इक्यटीमा मात्रै फोकस भएको म्युअल फण्ड भन्दा यसमा जोखिम कम हुन्छ’, उनले भने ।
‘कम जोखिममा बढी प्रतिफल पाइन्छ’
लगानी गर्न उत्साहित लगानीकर्ताहरू जसलाई शेयर बजारबारे त्यति धेरै जानकारी छैन उनीहरूका लागि यो उत्तम हुनसक्छ । म सँग पैसा छ शेयरमा लगानी गर्न चाहन्छु भन्ने खालका लगानीकर्ताहरूलाई हामीले विशेष ध्यानमा राखेका छौँ । जोखिम कम गर्न चाहेर प्रतिफल प्राप्त गर्न चाहानेहरुको लागि अझ बढी सुविधा जनक रहेको छ ।
ग्लोबल आईएमई क्यापिटलले के गर्छ भनेर हेर्ने हो भने हामीसँग समुन्नति योजना तपाइहरूकै अगाडी रहेको छ । केही समय धैर्य गर्नु पर्यो त्यसपछि बजारले जुन लेभलको रिटर्न पेमेन्ट गरिरहेका छ अहिले पनि एभरेजमा मूल्याङ्कन गरेर त्यो भन्दा माथि नै रिटर्न पेमेन्ट गर्छौ । हामीले हाम्रो एक्पोर्टिज पर्फम गरिरहेका छौँ भन्ने लाग्छ ।
यस्तै, अर्को स्किमको रूपमा ग्लोबल आइएमई ब्यालेन्स फण्ड १ ल्याएका छौँ । यसलाई अहिलेको बजारलाई हेरेर सुहाउने खालको नै ल्याएका छौँ । यसमा हामीले जुन प्रक्षेपण गरेका छौँ । त्यसमा यो भन्दा पनि माथिको रिटर्न दिन्छौँ भन्नेमा ढुक्क छौँ । त्यसमा पनि ध्यान दिएर लगानी गरिदिनु भयो भने उहाँहरूले यसको अनुभव अनुसार गरेको लगानीलाई वनर गर्ने पार्टमा हामी प्रतिबद्ध रहेका छौँ ।
हामी ग्रुपकै हिसाबले ग्लोबल आईएमई बैंक भनेर ठूलो बैंकको हिसाबले स्थापित भइरहेका छौँ । यी सबै कुरालाई ध्यानमा दिएर हामीले हाम्रो लगानीका रणनीतिहरू बनाएका छौँ । हामीले गरेका प्रतिवद्धताहरु पूर्णरुपले पालना गरेर उचित प्रतिफल प्रदान गर्नेमा सक्षम हुनेछौँ भन्ने विश्वसनीयता जनाउँछु ।
यस्ता छन् प्रतिफल पाउने आधार
हाम्रो फण्ड आउने बेलामानै मार्केट केही घटेर पुनः बढ्न थालेको अवस्था छ । हामीले कम्पनीहरू छान्दा मोडरेड लेबलका जोखिम नभएका कम्पनीहरू छानेर जान्छौँ । जसको भोलारिटीको पाटो कम हुन सक्छ । एउटा लेबलको लाभांश आउने प्रतिफलका कुराहरू पनि सबै चिज हेरेर लगानी गर्ने हुनाले यसमा हामीले रिटर्नको पार्टको कुरा गर्छौ ।
एग्रेसिभका कुरा हुँदैन । र, अन्य फण्डभन्दा यसमा अलि बढी कन्सर्न भएर नै मोडरेड लेबलको जोखिममा मोडरेड लेबलकै रिटर्न प्रोभाइड गरेर जाने हुन्छ । प्रक्षेपण नै हेर्ने हो भने पहिलो दुई वर्ष हामीले ७ प्रतिशत, त्यसपछि १० प्रतिशत, १२ प्रतिशत छ । साथै अन्तिममा १६ प्रतिशत र १७ प्रतिशत सम्मको प्रतिफल रहेको छ ।
दोस्रो बजारमा कसरी हुन्छ फण्ड सुरक्षित ?
मार्केटको घटाइ बढाई भनेको सामान्य प्रक्रिया हो । सबैभन्दा ठूलो सुन्दरता भनेको कै घट्छ र बढ्छ । घट्दा र बढ्दा कसले कसरी हेरिरहेको छ । बजार भनेकै एउटा माथिल्लो हाइटमा पुगेपछि त्यसबाट झन् सुरु गर्दछ । एउटा न्यूनतम विन्दुमा पुग्छ । त्यहाँबाट फेरि फर्कन थाल्दछ । शेयर बजारको सुन्दरता भनेकै आफैमा घट्नु र बढ्नु हो । त्यसै क्रममा जाँदा हामीले कसरी सुरक्षित भएर जान सक्छौँ भन्नेमा अहिले पनि हामीले हेर्दा फण्डामेन्टल्ली जस्टिफाई भएका कम्पनीहरू घट्दा एउटा लेबलमा घटेर गए पनि रिकोभरि पनि तिनीहरूकै भएर गएको देखिने हो । त्यस प्रकारका कम्पनीहरू जसले विगतमा पनि हाम्रो पर्फमेन्स गरिरहेका छन् ।
हामीले जोखिमका तहहरू पनि छुट्याएका छौँ । यसमा पर्ने कम्पनीहरूलाई लिएर जाने हिसाबले भन्दा पनि हाम्रो इन्भेष्टमेन्ट युनिभर्समा जुन खालका कम्पनी छन् उनीहरूको मोडालीटि कम, रेगुलर रिटर्न दिने खालको कम्पनीहरू हुने हुनाले यसअघि पनि यस्ता कम्पनीहरूमा लगानी गर्दा फिर्ता पनि मोडरेड लेभलको हुन्छ । जोखिमको पाटोमा पनि मोडरेड लेभलको लिएर जाने हुनाले यसमा लगानीकर्ताहरूले प्रश्न गर्नु हुन्छ जस्तो लाग्दैन । हामीले जुन प्रक्षेपण गरेका छौँ यसकै आधारमा जान्छौँ भन्नेमा आश्वस्त छौँ ।
सुनौँ, विस्तृत कुराकानी
प्रतिक्रिया दिनुहोस